माओवादीले न्यौपानेलाई मत दिएर गुन तिर्ने प्रकाश ज्वालाको विश्वास



काठमाडौँ। एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर लगाएको गुन तिर्ने बेला आएको बताएका छन्। सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका समर्थक रहेका ज्वालाले बिहीबार संसदको बैठकमा अन्य दलहरुसँग मत मागेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको जस्तै मत सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले पाउनुपर्ने उनले बताए। एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक ज्वालाले भने, ‘कम्तीमा सम्माननीय प्रधानमन्त्रीजीको पार्टीले त गुन तिर्ला भन्ने विश्वास छ।’

सभामुखमा सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन्। प्रधानमन्त्रीको दल माओवादी केन्द्रका हितराज पाण्डे घिमिरेका समर्थक छन्।

प्रतिक्रिया दिनुहोस्