अर्थतन्त्रमा व्यापाक सुधारको आवश्यकता छ : सांसद सापकोटा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले अहिलेको अर्थतन्त्रमा व्यापाक सुधारको आवश्यकता भएको बताएका छन्। संसदमा बोल्दै सापकोटाले अहिलेको सरकार जनचाहना अनुसार अघि बढेपनि अर्थतन्त्रमा व्यापाक सुधार गर्नुपर्ने औंल्याए।

‘अहिलेको सरकार जनअपेक्षा अनुसार कामगरी युवा पुस्तालाई आशावादी बनाउँदै देशको समृद्धि हासिल गर्दैै मजबुत बनाउनुपर्ने आजको आवश्यकता हो’ सापकोटाले भने, ‘तातोपानी नाकालाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा आयत र निर्यातलाई नियमत गर्न सकेमा देशको अर्थतन्त्र दरिलो बनाउन सहयोग पुग्नेछ। त्यसैले यसमा सरकारको प्राथमिकतमा हुनुपर्छ।’

ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी मार्गलाई यो सरकारले राम्रोसँग बुझेको बताउँदै सापकोटाले तत्काल सम्बोधन गर्नुपर्ने बताए। यस सभाका सदस्य देवराज घिमिरे योग्य र सक्षम व्यक्ति भएकाले सभामुखमा सबैलाई मतदान गर्न सापकोटाले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्