सभामुख र राष्ट्रपति कांग्रेसलाई दिँदा शक्ति सन्तुलन हुन्छ : विश्वप्रकाश शर्मा



काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सभामुख र राष्ट्रपति कांग्रेस हुँदा राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन हुने भएका छन् । उनले आज संसद्मा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ।’ संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको उनले बताए ।

सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा कांग्रेस उभिएको शर्माले बताए।

उनले भने, ‘२०७४ सालको अनुभवबाट यो संसद्ले अनुभव लिनुपर्छ। त्यो बेलामा २ वटा कम्युनिष्ट पार्टीका अध्यक्ष एउटै दलमा हुनुहुन्थ्यो। एकजना प्रधानमन्त्री हुनुभयो र अर्कोले आफू निकटकोलाई सभामुख बनाउनुभयो। तर, एक वर्ष नपुग्दै प्रधानमन्त्रीले भन्नुभयो मलाई सभामुखबाट सहयोग भएन। त्यसैले यो बेलामा म भन्न चाहन्छु आवश्यक सहयोग पनि नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो संविधानको परिकल्पना हो कि होइन।’

त्यो लोकतन्त्रको लागि सुख नभएकाले २–२ पटक संसद् विघटन भएको बताए।

प्रतिक्रिया दिनुहोस्