सभामुखमा घिमिरे १६७ मत पाएर निर्वाचित



काठमाडौँ । सभामुखमा सत्ता साझेदार दलका साझा उम्मेदवार देवराज घिमिरे १६७ मत पाएर निर्वाचित भएका छन् । सभामुखको निर्वाचनमा २६८ जना सांसदहरु उपस्थित थिए।

कांग्रेसकी ईश्वरी न्यौपानेको पक्षमा १०० मत आउँदा दिन्नँमा १ मत आएको छ ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे। संसदमा २७५ सदस्य छन् तर आजको मतदान प्रक्रियामा २६८ मात्र सहभागी थिए ।

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्