सभामुख देवराज घिमिरेले गरे पदभार ग्रहण



काठमाडौं । सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन्। यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेका थिए।

शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेका थिए। शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गरेका हुन्। हिजो (५ माघ) बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्। विपक्षमा कांग्रेस गठबन्धनबाट ईश्वरी न्यौपानेले १०० मत ल्याइन्।

प्रतिक्रिया दिनुहोस्