सभामुख घिमिरेको पहिलो निर्णय- सांसदहरुबीच अन्तरक्रिया कार्यक्रम गर्ने



काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदबहाली गरेका हुन् । पदबहाली गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय गरेका छन्।

सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफूले पाएको बताए। उनले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने विश्वस्त रहेको बताए। घिमिरेले आज राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपती विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्