सरकारले मर्यादामा निर्मम प्रहार गरेको न्यायाधिश समाजको आरोप (विज्ञप्तिसहित)



काठमाडौँ। न्यायाधीश समाज नेपालले संघीय सरकारले न्यायाधीशहरुको स्वाभिमान र मर्यादामा निर्मम प्रहार गरेको आरोप लगाएको छ । समाजले आज विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा अध्यक्ष रहेको सो समाजले सो सूचनालाई सरकारी स्वेच्छाचारिताको पराकाष्ठा भन्दै देशभरका समग्र न्यायाधिशहरुमाथिको निर्मम प्रहार भएको जनाएको छ ।

माघ ५ गते राजपत्रमार्फत् तोकेको न्यायाधीशहरुको तलब र पारिश्रमिक अश्वीकार गर्न र पूरानै तलबमात्र लिन देशभरका न्यायाधीशहरुलाई आह्वान गरेको छ ।

समाजका महासचिव टेक प्रसाद ढुंगानाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले जारी गरेको राजपत्रको सूचना न्यायपालिका र न्यायाधीशहरुको लागि अपमानजनक रहेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्