उपसभामुखले गरिन् रास्वपाबाट अलग भएको घोषणा



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। उनले सोमबार प्रेस विज्ञप्ति निकालेर स्वतन्त्र र निष्पक्ष काम गर्न पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

शनिबार भएको उपसभामुखको चुनावमा मगर १६६ मत ल्याएर निर्वाचित भएकी थिइन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। झापाकी उपसभामुख मगर आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद् भएकी थिइन्।

उपसभामुख मगर १८ असार २०२७ मा झापा जिल्लाको तत्कालीन शनिश्चरे–६ (हालः अर्जुनधारा नगरपालिका)मा जन्मिएकी हुन्। उनी राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय थिइन्।

प्रतिक्रिया दिनुहोस्