प्रचण्डलाई भेट्न बालुवाटार पुगे सभामुख घिमिरे



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे सोमबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

उनीहरुबीच आगामी संसद बैठक र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सभामुख निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डसँगको यो पहिलो औपचारिक भेट हो।

घिमिरे  बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।  घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्