कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ। सहमहामन्त्री किशोरसिंह राठोरका अनुसार आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने उनले बताए। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी १५ गतेका लागि बोलाइएको छ। केन्द्रीय कार्यसमिति बैठकअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएका हुन्।

कांग्रेसभित्र संस्थापन इतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर गल्ती गरेको निश्कर्ष निकालेको छ। राष्ट्रपतिको उम्मेदवार तय गर्ने विषयमा कांग्रेस नेताहरु आन्तरिक छलफल समेत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्