श्रीलंका फुटबल महासंघलाई फिफाले गर्‍यो निलम्बन



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल महासंघलाई निलम्बन गरेको छ। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले अर्को सुचना नभएसम्मका लागि निलम्बन गरेको हो।

निलम्बनको समयसम्म अब श्रीलंका फुटबल महासंघका क्लब र सिनियर टोलीले अन्तराष्ट्रिय फुटबल खेल्न पाउने छैनन्। निलम्बनसँगै अब श्रीलंकाले फिफाको सदस्य राष्ट्रका रुपमा पाउने फिफा वा एसियाली फुटबल महासंघको विकास कार्यक्रम, विभिन्न कोर्ष र प्रशिक्षणबाट वञ्चित रहने भएको छ।

फिफाको सर्तहरु पुरा भएको अवस्थामा भने जुनसुकै बेला पनि निलम्बन फुकुवा गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्