बालेनले भेटे प्रधानमन्त्री : सुकुम्बासी बस्ती हटाउन मागे सहयोग



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका छन्। सोमबार बिहान प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका मेयर शाहले महानगरसँग जोडिएका विविध विषमा छलफल गरेका थिए।

मेयर शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार भेटघाटका क्रममा बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा पनि छलफल भएको थियो।

मेयर शाहले सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने बताएका थिए।

यसअघि थापाथलीस्थित बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो। उक्त बस्ती हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो।

प्रतिक्रिया दिनुहोस्