राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै



काठमाडौं । पछिल्लो समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विविध विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बिहीबार बस्दैछ ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार बैठक अपरान्ह ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । सत्ता साझेदार दलबीचमा गृह मन्त्रालयको विषयलाई लिएर तनाव भइरहेका बेला सत्ता साझेदार एक घटक राप्रपाको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्