प्रचण्ड सरकार संकटमा पर्दैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा नपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै भने, ‘यो सरकार सङ्कटमा पर्छ जस्तौ मलाई लाग्दैन।’

यद्यपि उनले लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको भन्दै त्यसका कारण केही अस्थिरता देखिएको बताए । उनले आफूले निर्वाचन लगत्तै पनि नेपाल अस्थिरतामा जाँदैछ भनेको स्मरण गर्दै जवजव डेमोक्रेसीको कुरा हुन्छ तबतब अस्थिरता भोगिरहेको बताए ।

उनले शासन प्रणालीलाई कस्तो प्रणालीबाट लैजाने भन्ने प्रमुख प्रश्न रहेको र लोकतन्त्र प्रमुख भएकाले यसलाई कसरी संस्थागत गर्ने भन्नेमा सबैको ध्यान जानुपर्ने पनि बताए ।

अध्यक्ष ओलीले संविधान संशोधन हुनै नसक्ने कुरा नभए पनि अहिले नै संविधान संशोधनको चर्चा गर्ने बेला नभएको बताए । ‘तर अहिले संविधान संशोधनको चर्चा गर्ने बेला होइन, भर्खर चुनाव भएको छ र नयाँ सरकार बनेको छ’, ओलीले भने ‘लोकतन्त्रविरुद्ध अझै पनि भद्दा षडयन्त्र भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्