रास्वपा सरकारबाट बाहिरिदैन : प्रमुख सचेतक परियार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तत्काल सरकारबाट बाहिरिन नहुने मत बलियो बनेको छ। पार्टीको केन्द्रीय सदस्यसहित संसदीय दलको बैठकमा सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएको नेताहरूले बताएका छन् ।

जारी बैठकमा सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा केही नेताहरूले जोड दिएका छन्।

केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका छन्। यही विषयमा मन्थन चलिरहँदा तत्काल सरकारबाट बाहिरिने जस्तो छनक नदेखिएको एक नेताले बताए।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी सरकारबाट नबाहिरिने बताए। ‘छलफल चलिरहेको छ। पार्टी सरकारबाट बाहिरिने अवस्था म देखिँन्दिनँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्