जबराको निधनले देशको अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधनबाट देशको बैंक, वित्तीय एवम् समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । ट्विट गर्दै उनले जबराको निधनको खबरले आफू स्तब्ध भएको बताएका हुन् ।

“नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कुटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालय शमशेर जबराको निधनको खबरले स्तब्ध छु”, उनले भने । अर्थमन्त्री पौडेलले जबराप्रति श्रद्धाञ्जली दिँदै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । जबराको ९५ वर्षको उमेरमा बिहान थापाथलीमा रहेको नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्