राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी अर्यालले उमेदवारी दिँदै



काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले उर्मिला अर्याललाई उमेदवार बनाउने भएको छ। उनी सत्ता गठबन्धनको तर्फबाट उमेदवार बन्न लागेकी हुन्। संसद सचिवालयकाअनुसार उमेदवारी दर्ताका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ।

अर्यालले आफूलाई माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको बताइन्। राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि उनी सम्भवत: निर्विरोध निर्वाचित हुने सम्भवना छ।

उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सोमबार तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्