सुदूरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन्।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन्। यो सँगै विश्वासको मत लिने वा नलिने अन्योल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्