रास्वपाका निवर्तमान ३ जना मन्त्रीहरूको पत्रकार सम्मेलन स्थगित



काठमाडौं । आइतबार हिजो पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना निवर्तमान मन्त्रीहरूले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरिएको छ । कुनै कारण नबताइकन पत्रकार सम्मेलन स्थगनको जानकारी दिइएको हो ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले हिजो सरकारबाट हट्ने निर्णय लिएको थियो । त्यसलगत्तै श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । राजीनामा दिएका मन्त्रीहरुले आज ३ बजे वसुन्धरास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्