राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित



काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अर्याल निर्विरोध निर्वाचित भएकी हुन्।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको थियो। अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन्।

लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन्। माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्