टर्की र सिरियामा भूकम्पले करिब ३०० जनाको मृत्यु



काठमाडौं । भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण दुई देशमा तीन सय जनाको मृत्यु भएको हो।

सयौं व्यक्तिहरु घाइते भएका छन्। भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन्। त्यसलगत्तै सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार २३० जनाको मृत्‍यु भएको छ। यस्तै टर्कीका अधिकारीहरुले आफ्नो देशमा ७६ जनाको मृत्‍यु भएको र ४४० जना घाइते भएको बताएका छन्।

भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो। टर्कीको गाजियानटेप निवासी अर्डेमले रोयटर्ससँग कुरा गर्दै यत्तिको कडा धक्का अहिलेसम्म महसुस नगरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्