काठमाडौंको रातोपुलमा पुरुषको शव भेटियो



काठमाडौं । काठमाडौंको रातोपुलमा पुरुषको शव भेटिएको छ । करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्