बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं । पृथ्वी राजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका-३, गाउँपालिका चोकमा आइतबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१ख ६३०७ नम्बरको बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो।

ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिए। उक्त घटनापछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्