यस्तो छ आजको मौसम



काठमाडौं । अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरोले ढाकेको छ। तर मध्यान्हपि भने सामान्य बन्दै जानै मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस्तै आज देशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहनेछ भने बाँकी भागमा भने सामान्य रहने छ।

हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। यस्तै बुधबार दिउँसो प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ।

राति भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ। तराई भू-भागमा लागेको हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्