पेस्तोल बोकेर किन आए भारतीय नागरिक ?



काठमाडौं : सुनसरीको कोशी गाउँपालिका ८ स्थित चारकुने इलाकबाट एपीएफ टोलीले एउटा चाईनिज कटुवा पेस्तोल तथा सोको एउटा म्याग्जीनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपोल भिमनगर गाउपंचायत ४ घर बताउने २३ वर्षिय रन्जितकुमार मुखिया छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

बीआर ५० एफ ३२०६ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज मुखियालाई जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल फेल परेपछि पक्राउ गरिएको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते सुनसरी जिल्लाको कोशी गाउपालिका ६ स्थित धत्ता टोलबाट एउटा कटुवा पेस्तालसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपोल घर बताउने १८ वर्षिय विवेक यादव र सुमितकुमार गोइत छन् । भारतबाट अनटेष्ट लेखिएको मोटरसाकलमा नेपालतर्फ आउँदै गरेका निजहरुलाई जाँच गर्दा उनीहरुको साथमा उक्त कटुवा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्