खाना पकाउने ग्याँस पड्किँदा दाङमा २ जना घाइते



दाङ। खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दाङमा २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका(१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर( १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।

बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक केसीका अनुसार घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ ।

घाइतेमध्ये केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते केसीको अवस्था गम्भीर भएको र खनालको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्