नेपाललाई चौथो सफलता, सन्दीपले लिए २ विकेट



काठमाडौं । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका हुन्।

उनले १५ औं ओभरको पाँचौ बलमा स्कटल्याण्डका म्याथ्यु क्रसलाई एलबिडब्लुको धरापमा पारेका थिए। त्यसपछि १७ औं ओभरको पहिलो बलमा उनले थोमस म्याकिन्टोसलाई पनि एलबिडब्लुको धरापमा पारे।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला स्कटल्याण्डलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालका लागि कुशल मल्लले पहिलो दुई विकेट लिएका थिए। कुशल मल्लले दुवै ओपनरलाई आउट गरेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले यो समाचार तयार पार्दासम्म ४ विकेट गुमाएर ७१ रन जोडेको छ।

प्रतिक्रिया दिनुहोस्