सन्दीपले ३ विकेट लिँदा नेपाललाई छैटौँ सफलता



काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले छैटौँ सफलता हात पारेको छ। सन्दीप लामिछानेले तेस्रो विकेट लिँदा नेपालले छैटौँ सफलता पाएको हो ।

सन्दीपले २२ रन बनाएर खेलिरहेका ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच गराएपछि स्कटल्यान्डले ११३ रनमै ६ विकेट गुमाएको छ। यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए। कुशल भुर्तेलले एक विकेट हात पारेका थिए।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । अघिल्लो म्याचमा अत्यधिक रन खर्चेका सन्दीपले आज निकै कसिलो बलिङ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्