करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ



काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ। काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए।

मानन्धरले माघ अन्तिम साता युट्यूव अन्तर्वार्तामा आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। खनाललाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी रायले बताए। न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्