स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य



काठमाडौं । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा स्कटल्याण्डले नेपाल सामु जितका लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो।

स्कटल्यान्डका लागि माइकल लिस्कले शतक बनाए। उनले उत्कृष्ट ब्याटिङ ७९ बलमा ९ छक्का र तीन चौका प्रहार गर्दै शतक बनाए। खराब सुरुआत गरेको स्कटल्यान्डका लागि माइकलले उत्कृष्ट प्रदर्शन गर्दै उकासे। माइकल ८५ बलमा १०७ रनमा अविजित रहे। उनकै प्रदर्शनमा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो।

त्यस्तै, ज्याक जर्भिसले २६ क्रिस्टोफर म्याकब्राइड, कप्तान रिचीई बेरिङटन, २२ र ब्रानडन म्याकमुलेनले समान २२–२२ रन बनाए। त्यस्तै, मार्क वाटले २०, टोमस म्याकिनटोसले १९ र क्रिस ग्रिभ्सले १६ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले दुई विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए। नेपालले आफ्नो पहिलो खेलमा नामिबयामाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो।

स्कटल्याण्डले पनि यसअघि नामिबियालाई १० विकेटले हराइसकेको छ। लिगमा स्कटल्याण्ड ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल २० अंकसहित लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्