आज सुनको मूल्य तोलामा ७ रुपैयाँले बढ्यो



काठमाडौं । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ७ सय रुपैयाँले बढेर तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा पुगेको छ ।

अस्ति सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्