केपी ओलीले भने- पूर्वराजा ज्ञानेन्द्रसँग पुरानै धङधङी बाँकी छ



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी बाँकी रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

२ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए।

उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँमा अझै पुरानो झल्को आइरहन्छ। दुईचार जना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस्याउँछ।’ पूर्वराजा ज्ञानेन्द्रले हिजो प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्रसँग दलहरू मिलेर बढ्नुपर्ने प्रस्ताव गरेका थिए।

राष्ट्रपति निर्वाचनको प्रसंग झिक्दै उनले यसअघि भएकै सहमतिअनुसार हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय हुने दाबी गरे। अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए।

प्रतिक्रिया दिनुहोस्