करण केसीले दिलाए नेपाललाई सातौँ सफलता



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरूद्ध नेपालले सात विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्ल र करण केसीले एक/एक विकेट लिएका छन्।

३५ औं ओभरमा आफ्नो पाँचौं ओभर बलिङ गरेका करण केसीले उक्त ओभरको पाँचौं बलमा विकेट लिएका हुन्। करण केसीले स्कटल्यान्डका माइकल लिस्कलाई शुन्यमा बोल्ड गरेका छन्। यसअघि करण केसीको बलमा दीपेन्द्रसिंह ऐरीले म्याथेव क्रोसलाई ४२ रनमा रनआउट गराएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३८ ओभरमा ७ विकेट गुमाउदा १८८ रन जोडेको छ। सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्