स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। मन्त्री गिरी नेतृत्वको टोली मंगलबार राति स्विट्जरल्यान्ड प्रस्थान गरेको हो। बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेको उनको सचिवालये जनाएको छ।

टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी रहेका छन्। सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ। मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्