भीम रावलको टिप्पणी : पुरानै गठबन्धन ब्युँतिन लाग्यो



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा एजेन्डा नमिलेका दलहरूले हाउगुजी बनाएको टिप्पणी गरेका छन् । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा रावलले राष्ट्रपतिका लागि यत्रो समय बैठक बस्नुले पुरानै गठबन्धन ब्युँतिने अवस्था आएको टिप्पणी गरेका हुन्।

व्यक्तिगत स्वार्थ नभएका कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने देशको वर्तमान आवश्यकता भए पनि अहिलेको परिस्थिति ठीक उल्टो भएको रावलको भनाइ छ । वर्तमान गठबन्धनको उल्टो नतिजा देखिन सुरु भएको भन्दै रावलले यो धेरै दिन नटिक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्