एमाले नेता पुण्यप्रसाद झुन्डिएको अवस्थामा मृत फेला



काठमाडौं । नेकपा एमालेका काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ ।

उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्