चार दलको बैठक निष्कर्षविहिन, दलमा छलफल गरेर ५ बजे बस्ने



काठमाडौं । कांग्रेस र माओवादी सहित चार दलको बैठक फेरी पाँच बजे बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको पुरानो गठबन्धनको बैठकमा सहमति नजुटेपछि पुनः बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार हुनुपर्ने प्रस्ताव गरेको छ । कांग्रेसको प्रस्तावका बिषयमा दलहरुले आन्तरीक छलफल गरेर फेरी बैठकमा आउने भनिएपछि बैठक पाँच बजेसम्मकालागि स्थगित भएको छ ।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरु आएको र साँझ ५ बजे बसेर साझा टुंगोमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्