वैदेशिक रोजगार विभाग प्रवेश गर्दा परिचयपत्र अनिवार्य



काठमाडौं । वैदेशिक रोजगार विभागमा परिचयपत्र देखाएर मात्रै छिर्न पाइने भएको छ। असम्बन्धित व्यक्तिको प्रवेशमा कठाई गर्ने उदेश्यले परिचयपत्र देखाएर मात्रै विभागमा प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको विभागले बताएको छ।

पिडितको नामबाट कानून, विधि तथा प्रकृया विपरित कार्यलय भित्र नाराजुलुस गरेको भन्दै विभागले परिचय पत्र देखाएर मात्रै विभाग प्रवेश गर्नुपर्ने नियम लागू गरेको बताएको छ।

‘अमर्यादित भाषा प्रयोग गरी काम गर्ने कर्मचारीलाई काम गर्ने वातावरण प्रभावित पार्ने क्रियाकलाप बढ्दै गएको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कुनै गुनासो भए कानुनी प्रकृयाअनुसार लिएर आउन विभागले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्