तोलामा ४ सय रुपैयाँले घट्यो आज सुनको मूल्य



काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्