यी ११ जना सांसद जसले अहिलेसम्म बुझाएनन् सम्पति विवरण



काठमाडौं । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार समयमा सम्पत्ति विवरण नबुझाउनेमा जेष्ठ सदस्य पशुपतिशम्शेर जबरासमेत छन् ।

अजयकुमार चौरसिया, उदयशम्शेर जबरा, टेकबहादुर गुरुङ (निलम्बित) वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण बुझाएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझउनु पर्ने व्यवस्था छ।

यसरी विवरण नबुझाएमा ५ हजार जरिवाना हुनेछ। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता व्यक्तिको सम्पत्ति शंकास्पद मानेर छानबिन गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्