राष्ट्रपति चुनाव : भोट माग्दै सुवासचन्द्र नेम्वाङ लोसपा कार्यालय पुगे



काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा पुगेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा सहयोग मागेका हुन् ।

नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता गएका थिए । २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेम्वाङले बिहीबारदेखि भोट माग्ने अभियान थालेका छन् । उनले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग मागेका थिए ।

अहिले लोसपा कार्यालयमा पुगेको नेम्वाङ नेतृत्वको एमाले नेताहरू आजै साढे ३ बजे जनमत पार्टी कार्यालयमा जाने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्