होलीको रङबाट छालालाई कसरी जोगाउने ?



काठमाडौं : रङहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईका क्षेत्रमा धुमधामका साथ मनाइदै छ । होली पर्वका अवसरमा विभिन्न रङ दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ ।

त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । पहिला–पहिला होलीमा प्राकृतिक रंग प्रयोग हुन्थ्यो । तर आजभोलि होलीका रंगहरुमा धेरै मात्रामा रसायन तथा विषाक्त पदार्थ प्रयोग गरिन्छ ।

विषाक्त पदार्थको मिसावटबाट तयार पारिएका रंगहरुले छाला तथा कपालमा प्रत्यक्ष/अप्रत्यक्ष असर गर्छ ।त्यसैले सकेसम्म प्राकृतिक रंगहरु प्रयोग गर्न उनिहरुको सल्लाह छ ।
रंगले कस्तो असर गर्दछ ?
रङका कारण हाम्रो छालामा एलर्जी हुनसक्ने सम्भावना हुन्छ । जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ दल्दा यो अझै बढेर जान्छ । रंङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्न सक्छ ।

छालामा मात्र होइन रंगको प्रयो गर्दा यसले हाम्रो कपाल र नङमापनि असर गर्न सक्छ । यस्ते रंगका सानासाना कण हाम्रो श्वास नलिमा गयो भने श्वास प्रश्वासमापनि समस्या हुनसक्छ । कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ।

होली खोल्नुअघि के गर्ने ?
सबैभन्दा पहिले हामीले आफ्नो छाला तथा कपालमा तेल लगाउनु एउटा राम्रो विकल्प हो । किनकी तेलले सुरक्षा कवचको काम गर्छ । जसले गर्दा तपाईंको छाला तथा कपाललाई रंगबाट बचाउँछ र उक्त रंगलाई छालाबाट सजिलै निकाल्न मद्दत गर्छ ।

यस्तै आफ्नो छालालाई मुलायम बनाउनका लागि मोइश्चराइजरको प्रयोग गर्नुहोस् । मोइश्चराइजरको प्रयोगले रंग तथा अन्य केमिकलको प्रभावबाट छालालाई जोगाउँछ र पछि सजिलैसंग रंग पखाल्नपनि सकिन्छ ।

होली घाममा खेलिने भएकोले सन ग्लासेज लगाउनु राम्रो हुन्छ । यसले आँखा वरिपरिको पातलो र संवेदनशील छालालाई रंग र घाम दुवैबाट बचाउँनका साथैं आँखामा रंग पस्नबाट बचाउँछ ।तर होली खेल्नेबेलामा आइलेन्स भने प्रयोग गर्नुहुँदैन । अर्कोकुरा होली खेल्दा कपाललाई पनि बचाउँनुपर्छ । सबैभन्दा उत्तम उपाय त कपाललाई छोप्ने गरी क्याप लगाउनु नै हो ।
होली खेलिसकेपछि के गर्ने ?
होलीको रंग पाल्नकालागि स्प्रिट वा डिर्टजन प्रयोग नगर्नुहोला । छालालाई घोटीघोटी धुदा असर गर्नसक्छ । नुहाउनकालागि साधरण सेम्पुगर्ने । नुहाइसकेपछि पूरा शरीर तथा अनुहारमा मइस्चराइजर तथा लोसन लगाउने ।

यसले छालालाई नरम र मुलायम बनाउछ । अन्तिममा फेरीपनि म के भन्छु भने होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ । हर्बल रङले छालालाई नोक्सान गर्दैन।

  (छाला यौन तथा सौन्दर्य विशेषज्ञ डा.मोहन भुसालसंगको कुराकानीमा आधारीत । डा.भुषाल मिराकल स्किन, हेअर तथा एस्थेटिक क्लिनिक चावहिल काठमाडौंमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्