कमल थापाको पार्टीका प्रवक्ता सुरेश आचार्य राप्रपा प्रवेश



काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा आयोजित समारोहमा आचार्यलाई पार्टी प्रवेश गराएका हुन् ।

आचार्य राप्रपा नेपालमा प्रवक्तासहित कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् ।

सो क्रममा विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायत पनि पार्टी प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्