प्रमिला कुमारीले फिर्ता लिइन् उपराष्ट्रपति पदको उम्मेदवारी



काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। यादवले सोमबार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्। उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन्।

विज्ञप्तिमा उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन्। उनले आफ्नो उम्मेदवारी प्राविधिक रुपमा हुन गएको भन्दै रामसहाय यादवलाई समर्थन गरेको स्पष्ट पारेकी छन्।

प्रतिक्रिया दिनुहोस्