नेपाल-भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयाम विस्तार हुने क्रममा रहेको बताएका छन्।

ललितपुरमा आयोजित नेपाल-भारत उद्योग वाणिज्य संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल-भारतबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरू विस्तार हुने बताए। उनले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताए।

मन्त्री किराँतीले नेपाल-भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्सुक बनाउने बताए।

मन्त्री किराँतीले नेपाल-भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्