बालेनलाई प्रचण्डको जवाफ- मेरो नेतृत्वको सरकार पाँचै वर्ष चल्छ, ढुक्क हुनुस्



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन्। बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन्।

सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको भन्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको गुनासोको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे।

‘बालेनजीले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो । तर, स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईं ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार अब विस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्