मेचीको पुलमा ओलीको सल्लाहमा ज्ञानेन्द्रलाई बोलाएको दुर्गा पर्साइको खुलासा



काठमाडौं । विगतमा नेकपा एमालेका केन्द्रीय सदस्य रहेको व्यवसायी दुर्गा प्रसाई अहिले आफूलाई अभियन्ताको रुपमा परिचित गराई रहेका छन् । उनले अहिले देशका विभिन्न ठाउँहरूका बैंक , लघुवित्त र सहकार्यको मारले नागरिक र उद्योगी बाच्न सक्ने अवस्थामा नभएको भन्दै विभिन्न विरोधका कार्यक्रम गरी रहेको छ । सुरमा दुर्गा प्रसाइले आफ्नो अभियान अहिलेको आर्थिक वेतिथी ,हिन्दु राज्य स्थापना र राजतन्त्रको स्थापनाको लागी भएको बताउँदै आएका भए पनि उनले अहिले भने राजतन्त्रको मुद्दा गौण अवस्थामा राखेका छन् । 

 केहीसमय अघि सम्म एमालेमा रहेका प्रसाईले अहिले भने एमालेकै उछिटो काटीरहेका छन् । प्रसाईले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा केही नयाँ र गम्भीर खुलासा गरेका छन् । उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि संवैधानिक राजतन्त्र चाहेको बताएका थिए ।

केपी शर्मा ओलीले आफू हिन्दु राष्ट्र  स्थापना र संघीयता खारेज गर्ने पक्षमा रहेको  बताएको प्रसाईको दाबी रहेको छ । ओलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको  कुरा पनि  प्रसाईले  हिजोको कार्यक्रममा खुलासा गरेका हुन् ।  उनले आफ्नै मोबाइलबाट ओली र पूर्वयुवराज पारस शाहको कुरा गराएको  कुरा पनि खुलासा गरेका हुन् । 

केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो,आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ । मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओलीज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनले भने ।   

उनले भने मैले पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खाकाे ! अनि फर्किने कुरा भएन ! अहिले दमकमा आएर यो दुःखको कुरा भन्नु परेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’

उनले भने , ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि ! तर कसोकसो गर्दा उहाँ कार्यक्रममा आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाइले दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईंको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ । प्रसाईले  वेला बेलामा नेपालको आर्थिक अवस्था नाजुक रहेको र देशको अर्थतन्त्र केहि व्यापारी र नेताहरुको हातमा रहेको बताउँदै आएका छन् । उनले यी नेता र व्यापारीहरुले देशलाई खोक्रो पारीसकेका बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्