पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको संख्या ३५८ जना पुगेको छ।   काठमाडौंमा मात्रै १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 १७ जना आइसोलेसनमा  छन् भने आईसीयूमा  चार जना र  एक जना भेन्टिलेटरमा उपचार गराई रहेका छन् । पछिल्लो २४ घण्टमा यस्तै २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा पछिल्लो समय लगातार कोरोना संक्रमण हुनेको संख्या बढी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्