ब्रह्माण्डमा एक ‘सुपरमासिभ ब्ल्याक होल’ घुम्दैछ



काठमाडौं । नासका वैज्ञानिकहरुले ब्रमाण्डबारे फेरी नयाँ तथ्य फेला पारेका छन् । वैज्ञानीकहरुले पत्ता लगाएको यो तथ्यले सबैको ध्यान तानेको छ । बैज्ञानीकहरुले अन्तरीक्षमा एउटा सुपरम्यासिभ ब्ल्याक होल घुमिरहेको पत्ता लगाएका छन् । जसको तौल २ करोड सुर्य बराबरको रहेको छ । 

वैज्ञानीकहरुले यो ब्ल्याक होल ब्रहमाण्डमा तिव्र गतिमा गुमीरहेको  पत्ता लगाएका छन् ।  येल विश्वविद्यालयको  टोलीले यसको बारेमा ब्यापक अध्ययन गरेको छ । अध्ययन टोलीका प्रमुख लेखक प्रोफेसर पिटर भान डोक्कमले भनेका छन्, ‘हामीलाई लाग्छ कि हामीले ब्ल्याक होलको पछाडि एउटा तह देखिरहेका छौं, जहाँ ग्यास चिसो हुन्छ र त्यसबाट ताराहरू बन्छन्। 

ब्ल्याक होल ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्य हो। यसको उपस्थिति र यसको खतरा बारे धेरै अध्ययनहरू भएका छन्। ब्ल्याक होल के हो र यसले सौर्यमण्डललाई कसरी असर गर्छ   भन्ने निरन्तरका वैज्ञानिक प्रश्नहरू हुन् ।  डेली मेलको रिपोर्टका अनुसार नासाका वैज्ञानिकहरूले ब्ल्याक होललाई लिएर अगाडि आउने ताराहरूलाई निल्ने विश्वास गलत भएको बताएका छन् । नासाको हबल स्पेस टेलिस्कोपको विश्लेषणले त्यस्तो नभएको देखाएको छ ।

वैज्ञानिकहरूले हबल स्पेस टेलिस्कोपलाई उद्धृत गर्दै पृथ्वीबाट ७.५ बिलियन प्रकाश वर्ष टाढा रहेको ब्ल्याक होल अगाडिको ग्यासमा खस्छ, जसले ताराहरू बन्न थालेको बताएको छ। यद्यपि यो कसरी काम गर्दछ वा यो सबै कसरी हुन्छ भन्ने बारे केही थाहा छैन। यस दिशामा वैज्ञानिकहरू खोजिरहेका छन्।

अन्वेषकहरू विश्वास गर्छन् कि करिब ५० मिलियन वर्ष पहिले, ब्रह्माण्डमा दुईवटा आकाशगंगाको विलयको ठूलो घटना भएको थियो, जसको क्रममा तिनीहरूको केन्द्रमा ठूलो ब्ल्याक होल आएको थियो। तर जब तेस्रो ग्यालेक्सी आफ्नै ब्ल्याक होल लिएर आयो, तीनवटै एक अर्कामा विलय भयो। जसका कारण स्थिति नियन्त्रण बाहिर गयो ।नासाका वैज्ञानिकहरूका अनुसार तीव्र गतिमा घुम्ने ब्ल्याक होल एक दिशामा उड्दा बाँकी दुईवटा ब्ल्याक होल अर्को दिशामा जान्छन्। 

प्रतिक्रिया दिनुहोस्