टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति



काठमाडौं । आज बसेको प्रमुख ३ दलको बैठकले टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति गरेका छन् । बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले उक्त सहमती गरेको हो ।

अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने भएको छ । बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी रहेका थिए ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागाी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्